वन तथा वन्यजन्तु अपराध नियन्त्रण र न्यायिक निरुपण सम्बन्धी संघीय /प्रादेशिक कानूनको कार्यान्वयन
बार्षिक बजेट, योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन
वन तथा वन्यजन्तुको संरक्षण, विकास र व्यवस्थापन
वनको वैज्ञानिक व्यवस्थापन, वन पैदावार उत्पादन, उपभोग
वन अतिक्रमण तथा डढेलो नियन्त्रण
साझेदारी/चक्ला/सरकारद्वारा व्यवस्थित वनहरुको व्यवस्थापन
वन उपभोक्ता समूहरुको परिचालन
कार्यालय अन्तरगतका शाखाहरुको कार्य विवरण :
प्रदेश वन निर्देशकको निर्देशन सुपरिवेक्षणमा रही डिभिजन वन कार्यालयको प्रमुखको हैसियतले डिभिजन वन कार्यालयको व्यवस्थापन संरक्षण, सम्वर्धन, सदुपयोग सम्वन्धी सम्पूर्ण कार्य सम्पादन, जवाफदेहितावहन साथै कार्यालय प्रशासन, कर्मचारी व्यवस्थापन र आर्थिक प्रशासन सञ्चालनको जिम्मेवारी वहन गर्ने,
जिल्लाको वन व्यवस्थापनको लागि वन व्यवस्थापन योजना तयार गरी स्वीकृतिको लागि पेश गर्ने,
वन तथा वन्यजन्तु अपराध नियन्त्रण र न्यायिक निरुपण सम्वन्धी संघीय तथा प्रादेशिक कानूनको कार्यान्वयन गर्ने,
डिभिजन वन कार्यालयको बार्षिक बजेट, योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन, स्वीकृत वार्षिक कार्यक्रमहरु समयमा नै गर्ने गराउने र सोको प्रगति चौमासिक रुपमा तोकिएका निकायहरुमा पठाउने,