लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय दाङ(दाङ )

घोराही, दाङ

कार्य विवरण

डिभिजन वन कार्यालयको कार्य विवरण :

  • वन तथा वन्यजन्तु अपराध नियन्त्रण र न्यायिक निरुपण सम्बन्धी संघीय /प्रादेशिक कानूनको कार्यान्वयन
  • बार्षिक बजेट, योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन
  • वन तथा वन्यजन्तुको संरक्षण, विकास र व्यवस्थापन
  • वनको वैज्ञानिक व्यवस्थापन, वन पैदावार उत्पादन, उपभोग
  • वन अतिक्रमण तथा डढेलो नियन्त्रण
  • साझेदारी/चक्ला/सरकारद्वारा व्यवस्थित वनहरुको व्यवस्थापन
  • वन उपभोक्ता समूहरुको परिचालन


  •  

कार्यालय अन्तरगतका शाखाहरुको कार्य विवरण :

  • प्रदेश वन निर्देशकको निर्देशन सुपरिवेक्षणमा रही डिभिजन वन कार्यालयको प्रमुखको हैसियतले डिभिजन वन कार्यालयको व्यवस्थापन संरक्षण, सम्वर्धन, सदुपयोग सम्वन्धी सम्पूर्ण कार्य सम्पादन, जवाफदेहितावहन साथै कार्यालय प्रशासन, कर्मचारी व्यवस्थापन र आर्थिक प्रशासन सञ्चालनको जिम्मेवारी वहन गर्ने,
  • जिल्लाको वन व्यवस्थापनको लागि वन व्यवस्थापन योजना तयार गरी स्वीकृतिको लागि पेश गर्ने,
  • वन तथा वन्यजन्तु अपराध नियन्त्रण र न्यायिक निरुपण सम्वन्धी संघीय तथा प्रादेशिक कानूनको कार्यान्वयन गर्ने,
  • डिभिजन वन कार्यालयको बार्षिक बजेट, योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन, स्वीकृत वार्षिक कार्यक्रमहरु समयमा नै गर्ने गराउने र सोको प्रगति चौमासिक रुपमा तोकिएका निकायहरुमा पठाउने,